सुचना, समाचार र मनोरन्जन

‘देखेपछि तिमी’लाई बोलको आधुनिक गीतको म्युजिक भिडियो बिमोचन

पोखरा /

देखेपछि तिमीलाई बोलको आधुनिक गीतको म्युजिक भिडियो बिमोचन गरिएको छ। पोखरामा एक कार्यक्रम बीच गीतको समाजसेवी पुर्ण बहादुर गुरुङ, युवा व्यावसायी एकराज गिरि, गीतका गायक तथा मोडल भुमिराज ढुंगानाले संयुक्त रुपमा बिमोचन गरे।

भिडियोमा मोडल तथा गायक भुमिराज ढुंगाना, अमृता मगर र नारायण मगरको अभिनय रहेको छ। यस्तै गीतमा स्वर भने भुमिराज ढुंगानाले दिएका छन्। यस्तै गीतको लय,शव्द किरण देबकोटा, संगीत संयोजन विशाल परियारको रहेको छ।

यस्तै भिडियोको छायाकन भिम तिमिल्सिना, कलर,ड्रोन,सम्पादन,रेकर्डिङ ,मास्टर,मिक्सिङ अनिल शाही ठकुरीले गरेका छन्।

भिडियो बिमोचन कार्यक्रममा कलाकार, प्राविधिक टिम र सहयोगीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो। बिमोचन कार्यक्रमको संचालक भने म्युजिक भिडियोका निर्देशक तथा कथा लेखक युवराज गुरुङले गरेका थिए।

हेर्नुहोस् भिडियो :

कमेन्ट्स
Loading...