सुचना, समाचार र मनोरन्जन
kumdini

पोखरामा नयाँ पर्यटकीय गन्तव्य ‘फिस्टेल ड्रिम पार्क’ (हेर्नुहोस् तस्बिरहरु)

पोखरा /

नेपालको सुन्दर नगरी पोखरामा आकर्षक पर्यटकीय प्रडक्ट थप भएको छ। पोखरा तथा आसपासका जनता तथा पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरी ‘फिस्टेल ड्रिम पार्क’ सञ्चालनमा ल्याइएको हो । पर्यटकका लागि पार्क अनौपचारिक रुपमा खुल्ला भएको छ । ग्राण्ड ओपनिङ असोजमा गर्ने गरी पार्क  सञ्चालनमा आएको जानकारी दिए।

बच्चादेखि वृद्धसम्म सबैलाई १ दिनभरि मनोरञ्जन दिन सक्ने ड्रिमपार्क पोखराकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने छ। कतिपय खेल नेपालमै पहिलो पटक सुरुवात गरिएको फनपार्कमा प्रयोग भएका उपकरणहरु अन्तर्राष्ट्रिय स्तरका रहनुका साथै सुरक्षाको दृीष्टकोणले पनि अत्यन्तै राम्रो रहेको मार्केटिङ डाइरेक्ट हिरा केसीले बताए।

पार्कमा विभिन्न प्रकारका २४ वटा खेलका संरचनाहरु तयार भएका छन फ्रिफल वटा स्विमिङ पुलवेवपुलरोलर कस्टर१२ वटा इनडोर गेम लगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिएको  पार्कमासुविधा सम्पन्न तथा आकर्षक रेष्टुरेन्टको सुविधा पनि उपलब्ध 

पोखरामा पर्यटकका लागि सुन्दर तथा आकर्षक गन्तव्य थपिएको केसीले बताए। पोखरा महानगरपालिका वडा नं. १७ महतगौँडामा सञ्चालनमा आएको पार्कमा युवा उद्यमीहरुको सामुहिक लगानी छ। अन्तर्राष्ट्रियस्तरको सुविधा तथा प्रविधिसहित पार्क निर्माण गरिएको बताउँदै केसीले पार्कमा पर्यटकलाई स्वागत गर्न आफूहरु आतुर रहेको बताए।

नेपालमै हालसम्म सुरु नभएका खेल गतिविधिलाई समेत पार्कमा समावेश गरिएको , ‘योपार्कलाई नेपालकै नमूना प्रोजेक्टमा रुपमा विकास गर्ने हाम्रो लक्ष्य  ’ ग्राण्ड ओपनिङ असोजमा गर्ने गरीपार्क अनौपचारिक रुपमा सञ्चालनमा ल्याईएको कम्पनीका डाईरेक्टर कमल बस्नेतले जनाकारी दिए

पार्क ६५ रोपनी जग्गामा निर्माण भएको छ। ‘यहाँ आएका पर्यटकले पार्कमा एक, दुई दिन सजिलै कटाउन सक्नेगरी संरचना तयार भएका छन्,’ डाईरेक्टर बस्नेतले भने, ‘पोखरा आउने पर्यटकको बसाईं अवधि बढाउन समेत पार्कले सहयोगी भूमिका खेल्नेछ।’

British college

हेर्नुहोस् तस्बिरहरु :

सबै तस्बिरहरु: फिस्टेल ड्रिम पार्कको फेसबुक पेजबाट

कमेन्ट्स
Loading...