सुचना, समाचार र मनोरन्जन
kumdini

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन

काठमाडौँ/

British college

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ।गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर एमालेले विरोध प्रदर्शन गरेको हो।

राजधानीका विभिन्न स्थानबाट निस्केको र्‍याली वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन हुने कार्यक्रम छ। प्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसदहरू, पार्टीको केन्द्रिय विभागको सहभागिता छ।

प्रदर्शनमा उत्रिएकाहरुले विभिन्न ब्यानर, ग्यास सिलिण्डर बोकेर विरोध जनाएका छन्।

कमेन्ट्स
Loading...