काठमाडौँ/
काठमाडौँमा बुधबार साँझ एकजना चिनियाँ नागरिक अपहरित भएका छन । अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको बताए । उनले भने, ‘म्याद थप गर्दैछौं, त्यसपछि विस्तृत विवरण सार्वजनिक गर्छौं ।’ पक्राउ पर्नेहरु चाहिँ सबै नेपाली नागरिक हुन ।
