सुचना, समाचार र मनोरन्जन
kumdini

पोखरा सभागृहमा बसको ठक्करबाट घाइते बृद्धाको मृत्यु

पाेखरा /

पाेखराकाे सभागृह चोकमा आज बसको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ।

British college

मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ घर भइ हाल पोखराकाे लेकसाइड बस्दै आएकी ७५ वर्षीया सुनमाया तिलिजा रहेकी छन्।

गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो।

पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ३८२५ नम्बरको बसले बाटो क्रस गर्दै गरेकी बृद्धालाई आज बिहान साढे ७ बजे ठक्कर दिएको थियो।

बससहित चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ।

कमेन्ट्स
Loading...