पोखरा/
जोन्टा क्लव अफ पोखराको आयोजनामा सन्चालन भैरहेको स्तनपान जनचेतनामुलक सम्वन्धी तेस्रो कार्यक्रम बिहिवार पोखरा महानगरपालिका वडा नं १२ को वडा कार्यलयमा सम्पन्न भएको छ।
विश्व स्तनपान दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिरहेको क्लवले कार्यक्रम सन्चालन भएका वडा कार्यलयहरुमा सुरक्षित सन्तान कक्ष समेत सन्चालन गरेको जोन्टा क्लवका अध्यक्ष मोनिका थापाले जानकारी दिइन। जोन्टा महिलाहरुको अग्रणी संस्था रहेको बताउदै संस्थाले विश्वभरीका व्यवसायिक महिलाहरुको सशक्तिकरणका कार्यक्रम गर्दै स्वास्थ,सुरक्षा र शिक्षाको क्षेत्रमा केन्द्रित भएर काम गरिरहेको बताईन।
कार्यक्रममा बोल्दै वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले स्वथ स्तनपान आमा र बच्चा दैवैको लागि अति आवस्यक भएको बताउदै क्लवले समय सान्दर्भिक कार्य गरेकोमा अभियानको प्रसंसा गरेका छन।
कार्यक्रममा मणिपाल अस्पतालका महिलारोग विशिषज्ञ आशिका श्रेष्ठ र स्त्री तथा प्रसुती बरिष्ठ रोग विशेषज्ञ तारा गुरुङले महिलाहरुलाई लाग्नसक्ने रोग र महिला स्वास्थको बारेमा सहजीकरण गरका छन ।फिजियोथेरापिष्ट शुबा पौडेलले महिलाले सुत्केरी हुनुपुर्व र भएपछि गर्नुपर्ने शारीरिक अभ्यासका बारेमा प्रशिक्षण दिएकी थिइन। आहार तथा पोषण परामर्शदाता विद्या कायस्थले सुत्केरी महिला र नवजात शिशुलाई दिनुपर्ने सन्तुलित भोजनका विषयमा प्रकाश पारेकी थिइन।
सचेतनामुलक कार्यक्रममा धन्यवाद ज्ञापन जन्सेन नम्रता दाहालले गरेकी थिइन भने कार्यक्रमको सन्चालन क्लवकी सचिव मेलिसा ठकुरीले गरेकी छिन।
