सुचना, समाचार र मनोरन्जन
kumdini

आउँदो चुनाव एमालेले हार्नै मिल्दैन: ओली

काठमाडौँ/

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आफ्नो पार्टीले हार्नै नमिल्ने तर्क गरेका छन । आफ्नो पार्टीले त्यो चुनाव हार्दा देशले हार्ने भएकाले जित्नैपर्ने अवस्था आइपरेको अध्यक्ष ओलीको जिकिर थियो ।

British college

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले आज शुक्रवार भक्तपुरको बोडेमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशलाई हार्न नदिनका लागि पनि आफ्नो पार्टीले आउँदो चुनाव जित्नैपर्ने भन्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशनसमेत दिए । सत्तारूढ गठबन्धन र त्यसका नेताहरूले देशलाई दुरगतिमा डुबाएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसबाट देशलाई जोगाउन पनि आफूहरूले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा विजयी हुनुको विकल्प नभएको बताए ।

उनले भने, ‘मुख्य फोकस चाँहि चुनावको तयारीमा काम गर्ने हो । अहिलेको चुनाव हामीले हार्न मिल्दैन । नेकपा एमालेका लागि त केही छैन ।

अध्यक्ष ओलीले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले सङ्गठित ढङ्गले इमानदार प्रयास गर्न सके बहुमत प्राप्त गर्न सक्ने सम्भावना रहेको दाबी गरे । पार्टीको सरकार नढल्नका लागि पनि आउँदो चुनावमा बहुमत चाहिने र त्यसका लागि इमानदार प्रयास पार्टीका नेता, कार्यकर्ताले गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई हुँदाहुँदै एमालेले गरेको विघटन बदर गर्ने र अरूले गरेको विघटनलाई सदर गर्ने काम अदालतले गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउने आकाङ्क्षा एमालेले लिएको र त्यसैलाई पूरा गरेरै छोड्ने दृढतासमेत व्यक्त गरे ।

कमेन्ट्स
Loading...