सुचना, समाचार र मनोरन्जन
kumdini

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको साधारणसभा सम्पन्न

पोखरा /

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसन पोखराको २४औँ साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घघाटन गर्दे गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले महेन्द्रपुल क्षेत्रमा देखएिको पार्किङ समस्यालाई आफुले बुझेको बताउदै यसलाई समाधान गर्न आफ्नो तर्फबाट पहल गर्ने बताउदै अहिले गण्डकी प्रदेश सरकारले अत्यादिक कर बृद्धि गरेको भनेर आएका समाचारहरुतर्फ आफ्नो ध्यानर्कषण भएको बताउदै मन्त्री खड्काले यसमा आफ्नो मन्त्रालयको कुनै भुमिका नरहेको बताउदै कर लगाएत लाभांशको बारेमा अर्थ मन्त्रालयको अधिकार हुने बताए ।

British college

कार्यक्रममा विशेष अतिथि पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले अहिले व्यवसायीहरुमा कर वृद्धि लगाएत वैकहरुको व्याज वृद्धि लगाएत तमाम समस्याहरु रहेको वताउदै यस तर्फ राज्यको ध्यान जानु जरुरी रहेको बताउदै पोखरेलले यहि अवस्था रहिरहेमा व्यापार,व्यवसाय सुरक्षित गरेर राख्न निकै गारो हुने बताए ।

कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशबवहादुर खत्रीले ब्यवसायी साथीहरुको हकहितको लागी आफुले जस्तोसुकै मुल्य पनि चुकाउन तयार रहेको बताउदै बुद्ध विशाल बजार भित्र ब्यापार ब्यवसाय प्रर्वद्धन गर्न के के गर्नुपर्छ ति कुराहरु गर्न आफु कटिवद्ध रहेको बताउद खत्रीले व्यवसायी साथीहरुले आफु प्रति देखाएको माया र सदभावको कारण आफुले भदौमा हुन लागेको पोखरा उद्योग वाणिज्य संघको अधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिन लागेको बताउदै सम्पुर्ण व्यवसायीको साथ र सयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार सुदीप ढकालले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनलाई आफ्नो जिवनको अन्तिमा समयसम्म पनि साथ र सयोग रहने बताए । कार्यक्रममा फेन्सी तथा रेडिमेड व्यवसायी समितिका अध्यक्ष राजु पौडेल कस्मेटीक व्यवसायी समितिका अध्यक्ष प्रेम सुवेदी बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका सल्लाहकार ध्रुव रेग्मी लगाएतले बोलेका थिए।

कार्यक्रममा पुराना व्यवसायीहरु तर्फ बुद्धि कुँवर,गुलाम सरवर,पार्वती वस्ताकोटी र राकेश गुरुङलाई सम्मान गरीएको थियो भने भने बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनको छात्र बृद्धि कोषमा सयोग गर्ने व्यवसायी र एस।ई।ई।तथा प्लस टु र विशिष्ट उल्लेखनिय उपाधि प्राप्त गर्ने संस्थाका सदस्यका छोराछोरीहरुलाई विशेष सम्मान गरिएको थियो।

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको साधारणसभामा महासचिव बुद्धि कुँवर तथा सचिव राजु केसीले कार्यक्रम सन्चालन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य एशोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ईन्द्रराज अर्यालले गरेका थिए।

कमेन्ट्स
Loading...