पोखरा /
जीवन र जगतको यथार्थबोधको लागि अक्षरयात्रा उद्घोषका साथ आन्तरिक साहित्यिक पर्यटनको अवधारणामा आधारित २०६२ असार १८ गतेदेखि निरन्तर चलेको अक्षरयात्राको १ सय ८९ औं शृङ्खला पोखराको व्रह्मयोग पिठ लभ्लीहिलमा शनिबार सम्पन्न भयो।
साहित्यिक क्रियात्मक अभियानका स्रस्टाहरू जीवन र जगतको वास्तवकि बोधका लागि पोखराबाट नजिकै रहेको व्रह्मयोग पिठ लभ्लीहिलमा ११ बजे नै पुगेका थिए । तत्स्थानीय भ्रमण गरी आफ्नै आँखाले देखेका दृश्य र मनमा खेलेका भावनालाई लिपिवद्ध गरी स्रष्टाहरूकै माझमा आफ्ना सिर्जनाहरू वाचन गरे ।

कार्यक्रममा अम्विकाप्रसाद भट्टराई, डा.भूमिराज वस्ताकोटी, सिरोजविजय कोइराला, सुरेश रानाभाट, शिव सङ्कल्प, कपिल शर्मा सञ्जोग, प्राञ्जल, बसन्त विनोद, लक्ष्मी देवकोटा, सुरज उपाध्याय, त्रुपक, श्रीराम सुवेदी, माधव खतिवडा, प्रमिला पौडेल लगायतका स्रष्टाले मुक्तक, गीत, गजल र कविता वाचन गरेका थिए ।
गजल सन्ध्या पोखरा नेपाल र नवनीत साहित्य सागर परिवारको आयोजनमा भएको कार्यक्रममा गजल सन्ध्याका उपाध्यक्ष सुरज उपाध्ययले स्रष्टाहरूलाई स्वागत गरे । सन्ध्याका अध्यक्ष बसन्त विनोदको अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन सचिव त्रुपकले गरेका थिए ।