सुचना, समाचार र मनोरन्जन
kumdini

विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्छः देउवा

काठमाडौँ/

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन।

British college

बिहीबार काठमाडौँमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवसरहीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताएका हुन्।

उनले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने बताए। उनले विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताए।

उनले भने, ‘विश्वविद्यालयका समस्या, चुनौतीहरुलाई आपसी संवाद र समस्याको समाधान गर्ने कुरामा जोड दिन चाहन्छु। यसमा प्राध्यापक संघको पनि आवश्यक भूमिकाको अपेक्षा गर्दछु। कुनै पनि मुलकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ। विश्वविद्यालयहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ।’

उनले विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरलाई प्रतिष्पर्धी बनाउन प्राध्यापकहरु प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी, रोजगारमूलक बनाउनुपर्नेमा जोड दिए।

कमेन्ट्स
Loading...