सुचना, समाचार र मनोरन्जन
kumdini

कास्की प्रहरी परिसरको पुस्तकालयलाई लायन्स क्लब अफ पोखरा अभियानबाट पुस्तक हस्तान्तरण

पोखरा/

जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा निर्मित पुस्तकालयलाई लायन्स क्लब अफ पोखरा अभियानले बहुउपयोगी पुस्तकहरु हस्तान्तरण गरेको छ ।

British college

क्लवका अध्यक्ष कृष्ण लम्सालले उक्त पुस्तकहरु प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष लम्सालले प्रहरी परिसरमा पुस्तकालय निर्माण हुनु अति सह्रानीय कार्य भएको जनाउँदै प्रसिद्ध लेखकहरुबाट लिखित उपयोगी, प्रेरणादायी, ज्ञानवद्र्धक पुस्तक भएकाले पुस्तक अध्ययनमा रुचि हुनेहरुका लागि उपयोगी हुने विश्वास व्यत्त गरे ।

कार्यक्रममा डिष्ट्रिक ३२५ आइ नेपालका द्धितिय भाइस डिष्ट्रिक गर्भनर विनोद ढुंगानाले सही ज्ञानले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सम्भव हुने जनाउँदै पुस्तकालयमा रहेका पुस्तकबाट प्रहरी,सेवाग्राही, थुनुवाहरु सबै लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले लायन्स क्लबले समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको स्मरण गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दैै आएको जानकारी दिइन । आगामी दिनमा पुस्तकालयलाई प्रविधियुक्त बनाउन र इलाइब्रेरीका लागि आवश्यक सहयोगका लागि हातेमालो गर्न तयार रहेको बताए ।

पुस्तक ग्रहण गर्दै प्रहरी उपरिक्षक एवम प्रवक्ता सुन्दर तिवारीले पुस्तकालयको महत्वलाई बुझेर समाजसेवामा सक्रिया संस्थाबाट उपयोगी पुस्तकहरु ग्रहण गर्न पाउँदा खुशी लागेको बतऐ । सो अवसरमा उहाँले नागरिक बर्दी विनाका प्रहरी भएकाले समाजमा अपराध न्यूनिकरण, शान्ति अमन चयन स्थापना गर्नका लागि सकारात्मक साथको खाँचो औल्याए । उहाँले प्रहरी भित्र पनि ज्ञानको दायरालाई फराकिलो बनाउनका साथै उनीहरुको रुचि अनुसारका प्रेरणादायी पुस्तक अध्ययनको वातावरण लागि पुस्तकालय निकै उपयोगी भएको र आगामी दिनमा प्रविधि मैत्री पुस्तकालय बनाउने तयारीमा लागेको पनि जानकारी दिऐ । उनका अनुसार तत्कालिन प्रहरी उपरिक्षक रमेश थापाको नेतृत्वमा निर्मित उक्त पुस्तकालयको असारको १३ गते उद्घाटन गरिएको हो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष एवम् रिजन चियर पर्सन प्रेम दाहाल, प्रथम उपाध्यक्ष मातृका पोखरेल, सहकोषाध्यक्ष बुद्ध कार्काी सदस्यको शुशिल दाहालको उपस्थिती रहेको थियो ।

कमेन्ट्स
Loading...