सुचना, समाचार र मनोरन्जन

नेपालमै पहिलो पटक अल्कोहलिक ईंकको प्रयोगबाट चित्रकला प्रदर्शनी गर्दै नगेन

पोखरा/
गाई जात्रा एंव कृष्ण जन्माष्टमीको अवसरमा नगेन आर्ट एकेडेमी र विश्व हिन्दु युवा संघको सयुंक्त आयोजनामा आज देखि पोखरामा विश्व कलायात्री कलाकार नगेन सिंहको अल्कोहलिक ईंक माध्यमद्धारा निर्मीत ११ औं एकल चित्रकला प्रदर्शनी सुरु भएको छ ।

प्रदर्शनीमा कलाकार नगेनको “गाई” शिर्षकमा २१ वटा कला प्रदर्शनी रहेको छ । विश्व हिन्दु महासंघका सल्लाहकार तथा पुर्व बरिष्ठ उपाध्यक्ष बेदनिधि शर्माले जहाँ कलाकार , पत्रकार एवं ज्योतिष नभएको ठाँउ अन्धकार हुने बताउदैं हिन्दु धर्मको संरक्षणमा लागेकोमा खुसि व्यक्त गरे । उनले गाईको महत्व वर्णन गर्न नसकिने बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले कला साहित्यको संरक्षण र प्रवद्धनले मात्र मुलुक समृद्धि तर्फ जाने बताउदैं कलाको कुनै मुल्य नहुने हुँदा कलाकारको सम्मान गर्नुपर्ने बताए ।

विश्व कलायात्रीले कलाकार राष्ट्रका गहना होईन, कलाकार राज्यको अभिन्न अंग हो, समाजको महत्वपुर्ण अंग हो र राष्ट्रको सुन्दर अगं हो भनी कला मार्फत जनजागरण फैलाउदै आएका छन ।

कलाकार नगेनले कला विकासको लागि ललितकला विकास बोर्डको स्थापना हुनुपर्ने सरकारसँग माग राखे । बरिष्ठ कलाकार लोक प्रसाद गुरुङ्गले आफुले १९५६मा ईण्डियामा ६ क्लास पढ्दा पनि आर्ट क्लास थियो तर नेपालमा अहिलेसम्म पनि हुन नसकेकोमा दुख व्यक्त गरे ।

सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रबिन्द्र माकाजुले मान्छेले गाईबाट धेरै कुरा सिक्नुपर्ने बताए । विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोईरालाले गाईको महिमाको बारेमा बताए ।
नगेन आर्ट एकेडेमीका सञ्चालक ज्योती हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व हिन्दु महासंघ कास्कीका सचिन गिता कडेंलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कलाकार नगेनको यस अघि १० वटा एकल चित्रकला प्रदर्शनी र दर्जनौं सामुहिक चित्रकला प्रदर्शनी भईसकेको छ ।

कलाकारको एकल कला प्रदर्शनी हरु २०६१ मा व्युटिफुल एक्सपेरियन्स लेखनाथमा, २०६१ मा नै म्याजिक अफ चित्रकला प्रदर्शनी लेखनाथमा, २०६४ मा माई रिजेक्टेड आर्ट चित्रकला प्रदर्शनी काठमाण्डौमा, २०६८ मा ईरोटिक ल्यान्डस्केप चित्रकला प्रदर्शनी पोखरामा , २०७० मा लेखनाथ आर्ट चित्रकला प्रदर्शनी पोखरामा , २०७१ मा बिल्यु एण्ड रेड ल्यान्डस्केप चित्रकला प्रदर्शनी पोखरामा , २०७४ मा सेभेन प्रोभिनेन्स आर्ट चित्रकला प्रदर्शनी पोखरामा , २०७५ मा बुक्स उईथ आर्ट चित्रकला प्रदर्शनी पोखरामा , २०७५ मा नगेन आर्टस् ईक्जिबिसन ईन्जिनियरिङ्ग स्टुडेन्ट सोसाइटि चित्रकला प्रदर्शनी पोखरामा सम्पन्न भईसकेका छन् ।

कलाकारकै जिवनीमा आधारित नगेनको नग्न तृष्णा बिरेन्द्र हमालद्धारा र्निदेशित नाटक २०६४ मा मञ्चन भईसकेको छ । विश्वकला यात्री नगेन सिँह विश्व विश्व हिन्दु युवा संघको केन्द्रिय सदस्य तथा ललितकला विभाग प्रमुख समेत हुन ।

कमेन्ट्स
Loading...