काठमाडौँ/
काठमाडौं महानगरपालिका–१६ पकनाजोलबाट मोटरसाइकल चोरेको आरोपमा ट्राफिक प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२० घर भएर बालाजु बस्दै आएका २४ वर्षका अमर सुनार छन् ।
सुनारको साथबाट प्रदेश–२–०२० प ३९६८ नम्बरको पल्सर मोटरसाइकल बरामद गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बागमती प्रदेश–०२–०१५ प ८२१८ नम्बरको मोटरसाइकल चोरेर उनले नम्बर परिवर्तन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
सो मोटरसाइकल वैशाख २६ मा बानेश्वरबाट हराएको थियो । आरोपीलाई थप अनुसन्धान र कारवाहीका लागी प्रहरी वृत नयाँ बानेश्वरमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
