सुचना, समाचार र मनोरन्जन

ऐनकुमार साई: पृथ्वी राजमार्ग बस संचालक कम्पनीमा गरे अध्यक्षमा उम्मेदवारी घोषणा

अध्यक्ष उम्मेदवार साईले भने–‘अग्रजको सम्मान र नयाँ पुस्ताको लागि सहि व्यवसायिक वातावरण बनाउने कुरामा म प्रतिबद्ध छु।’

पोखरा /

पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिको दोस्रो अधिवेशनमा यातायात व्यवसायी ऐनकुमार साईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । कम्पनीको भदौ ७ र ८ गते हुने अधिवेशनका लागि उम्मेदवारी घोषणा गर्दै उनले व्यवसायीहरुलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह समेत गरेका छन्।

‘मेरो उम्मेदवारी कम्पनीको हितको लागि हो। कम्पनीमा आबद्ध सबै व्यवसायीहरुको व्यवसायिक हितको सवाल मेरो पहिलो प्राथमिकतामा पर्छ।’ अध्यक्ष उम्मेदवार साईले भने–‘अग्रजको सम्मान र नयाँ पुस्ताको लागि सहि व्यवसायिक वातावरण बनाउने कुरामा म प्रतिबद्ध छु।’

व्यवसायीहरुको हकहितमा काम हुन सकेको छैन। जसले गर्दा कम्पनीको गरिमामै आँच आउने स्थिती आएपछि मैले नेतृत्व लिन लागेको हुँ ।’ साईले भने–‘कम्पनीलाई लयमा लिई व्यवसायीहरुलाई फाईदामा लाने काम मैले अबको कार्यकालमा गर्नेछु।’

PCCi MELa

साई यसअगाडि बस संचालकहरुको छाता संगठनको रुपमा रहेको पृथ्वी राजमार्ग बस संचालक समितिको नेतृत्व गरिसकेका व्यक्ति हुन्। उनले समितिको विभिन्न पदमा रहेर लामो समयदेखि व्यवसायीहरुको हितमा काम गर्दै आएका छन् । तत्कालिन समितिमा साईले ३ कार्यकाल अध्यक्षको रुपमा काम गरेको अनुभव पनि छ।

त्यसो त साईले नै समितिलाई कम्पनीको रुप दिएर पृथ्वी राजमार्ग बस संचालक कम्पनी बनाएका थिए । कम्पनीको संस्थापक अध्यक्ष उनै हुन् । यद्यपी कम्पनीको पहिलो अधिवेशनबाट भने योगेन्द्रबहादुर केसी अध्यक्षको रुपमा चुनिए । हाल उनै केसी कम्पनीको अध्यक्ष छन्।

साईले आफू निर्वाचित भएको खण्डमा कम्पनीका लागि कुनै पनि शूल्क नलिई आफ्नो कार्यकाल पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । हाल कम्पनीको अध्यक्षको रुपमा योगेन्द्रबहादुर केसीले मासिक ५० हजार रुपैयाँ तलब बुझ्छन्।

‘नयाँ नेतृत्व आएसंगै कम्पनीले घाटाको यात्रा गरिरहेको छ। साना व्यवसायीहरु बढि पेलिएका छन्। जसले गर्दा कम्पनी भित्र धेरै गुनासाहरु आएका छन् ।’ साईले भने–‘कम्पनीलाई सहि तरिकाले अगाडि बढाउन र व्यवसायीहरुको समस्या समाधान गर्न मैले पुनः अध्यक्षमा उम्मेदवारी दिएको हुँ।’ साईले आफू निर्वाचित भएको खण्डमा कम्पनीका लागि कुनै पनि सेवा सुबिधा नलिई आफ्नो कार्यकाल पुरा गर्ने प्रतिबद्धता जनाएका छन् । हाल कम्पनीको अध्यक्षको रुपमा योगेन्द्रबहादुर केसीले मासिक ५० हजार रुपैयाँ तलब बुझ्छन्।

‘घाटामा गएको व्यवसायीहरुको साझा कम्पनीको सबैभन्दा ठुलो खर्च तलब र सुविधामा सक्ने काम भएको छ। तर व्यवसायीहरुको हकहितमा काम हुन सकेको छैन। जसले गर्दा कम्पनीको गरिमामै आँच आउने स्थिती आएपछि मैले नेतृत्व लिन लागेको हुँ ।’ साईले भने–‘कम्पनीलाई लयमा लिई व्यवसायीहरुलाई फाईदामा लाने काम मैले अबको कार्यकालमा गर्नेछु।’

कमेन्ट्स
Loading...