सुचना, समाचार र मनोरन्जन
kumdini

वैदेशिक रोजगारीमा गएकामध्ये गत वर्ष १ हजार ४ सयभन्दा बढीको मृत्यु

गत आर्थिक वर्ष २०७८र७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये अहिलेसम्मकै धेरैको मृत्यु भएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीहरुको एकैवर्ष यति धेरैको मृत्यु यसअघि भएको थिएन।

यसअघि अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा सबैभन्दा ठूलो संख्यामा नेपालीको मृत्यु विदेशी भूमिमा भएको थियो। सो वर्ष वैदेशिक रोजगारीमा भएकाहरुमध्ये १ हजार २४३ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ।

British college

त्यसभन्दा अघि आर्थिक वर्ष २०७१र७२ मा वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढीको मृत्यु भएको थियो । उक्त वर्ष एक हजार ६ जना नेपाली कामदारको मृत्यु खाडी राष्ट्र तथा मलेसियामा भएको थियो ।

पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा जानेमध्ये १० हजार ९३२ जनाको मृत्यु भएको बोर्डले जनाएको छ । सो अवधिमा ५० लाख ८३३ जना नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशका पुगेका थिए ।

गत आर्थिक वर्ष २०७८र७९ मा हालसम्मकै सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार गत आर्थिक वर्ष ६ लाख ३० हजार ९७ जना श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका छन् ।

कमेन्ट्स
Loading...