सुचना, समाचार र मनोरन्जन
kumdini

पोखरामा १८३ औं बिश्व फोटोग्राफी दिवस मनाइयो

पोखरा /

१८३ औं बिश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा फोेटोग्राफर संघ गण्डकी र पोखरा फोटोग्राफर संघको आयोजनामा आज प्रभातफेरी निकालिएको छ।

दिवसको उपलक्ष्यमा फोटोग्राफर संघ गण्डकीको सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । कार्यालयको उद्घाटन प्रमुख अतिथि सुनिल उलकले रिवन काटेर गरेका थिए। कार्यक्रममा पोखरा क्षेत्रका फाटोपत्रकार, फोटोग्राफरहरुको उपस्थित रहेको थियो।

British college

कार्यक्रममा राष्ट्रिय मिराज बिवाह फोटोग्राफी प्रतियोगिता साथै नेचर र लेण्डस्केप विधामा अनलाईन फोटो प्रतियोगिताको घोषणा गरिएको छ । कार्यक्रममा स्वागत भाषण फोटोग्राफर संघ गण्डकीका कोषाध्यक्ष जिवन ढुंगानाले गरेका थिए।

पोखरा क्षेत्रका पुराना फोटो संकलन बारे बताउदै प्रमुख अतिथी सुनिल उलकले आगामी दिनमा पोखरामा फोटोग्राफी क्षेत्रको ठुलो धनरासीको पुरस्कार स्थापना हुन गइरहेकोे जानाकारी दिए ।

फाटोग्राफर संंघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले संस्थाले यस वर्ष प्रदेश भित्र भए गरेका गतिबिधी र आगामी कार्यक्रम बारे बताएका थिए। कार्यक्रम सञ्चालन सचिव तुलसी सुबेदीले गरेका थिए। कार्यक्रममा पोखरा फोटोग्राफर संघको अवार्ड घोषणा भएको थियो।

कमेन्ट्स
Loading...