सुचना, समाचार र मनोरन्जन

क्यानद्वारा सन्दीप लामिछानेलाई सबै प्रकारका क्रिकेट खेल गतिबिधिबाट निलम्बन

काठमाडौं /

नेपाल क्रिकेट संघ {क्यान}ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा पूर्वकप्तान सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रकारका खेल गतिविधिबाट निलम्बन गरेको छ ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते दोषी ठहर गरेको थियो । उनलाई हिजो अदालतले ८ वर्ष जेल र ५ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने सजाय सुनाएको थियो । उनलाई सजाय सुनाइएलगत्तै क्यानले यही कारण देखाउँदै लामिछानेलाई निलम्बन गरेको हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘अदालतबाट फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय समेत निर्धारण भएकोले’ लामिछानेलाई निलम्बन गरिएको उल्लेख गरिएको छ ।

यो निलम्बनअनुसार अब लामिछाने नेपाल क्रिकेट संघअन्तर्गत हुने कुनै पनि क्रिकेट खेल सम्बन्धी गतिविधिका संलग्न हुन पाउने छैनन् । उनी धरौटीमा जेलबाहिर रहेको अवस्थामा पनि क्यान मातहत हुने कुनै पनि खेल गतिविधिमा खेलाडीको रुपमा, प्रशिक्षकको रुपमा, खेल वा टिमको व्यवस्थापनमा रहेर समेत कुनै किसिमको काम गर्न पाउने छैनन् ।

Leave A Reply

Your email address will not be published.