पोखरा /
भिभो नेपालले वाई टुबेल एसको लञ्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि बुकिङ स्किम ल्याएको छ ।
यस स्किम अन्तर्गत ग्राहकहरुले प्रि बुकिङ अन्तर्गत १ हजार बराबरको बुकिङ्ग गर्नुपर्ने हुन्छ । बुकिङ्ग गरेका ग्राहकहरुले फेब्ररी १४ मा वाई टुबेल एस मोवाईल प्राप्त गर्न सक्नेछन् भने बुकिङ्ग गर्नेले १ हजार रुपैयाँ छुट रकम पाउनेछन् । साथै त्यस्ता ग्राहकहरु अनलाईनद्धारा लक्की ड्रमा सहभागी हुन पाउनेछन् ।
लक्की ड्र मार्फत वाई टुबेल एस तीनजनाले जित्न सक्नेछन् भने १०० जनाले २ हजार ५०० क्यासब्याक पाउनेछन् साथै ५०० जनाले एक महिनाको लागि स्क्रिन रिप्लेसमेन्टको वारेन्टी पाउनेछन् ।
यसको मूख्य विशेषता भनेको साईड फिन्गर प्रिन्ट, ५ हजार एमएएच व्याट्रि, कलर तथा डिजाइन रहेको छ ।
