सुचना, समाचार र मनोरन्जन

राप्रपा कास्कीले गर्यो शहरी स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

पोखरा /

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले पोखरा-३२ मालेपाटन स्थित शहरी स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

आईतबार आयोजित एक कार्यक्रम बीच राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले पोखरा-३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की र शहरी स्वास्थ्य केन्द्र प्रमुख ज्ञान प्रसाद भट्टराईलाई सामग्री हस्तान्तरण गरेका थिए।

PCCi MELa

पार्टीले माहामारी देखिनै कास्कीका विभिन्न पालिका र वडाका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रमा यस्ता सामाग्री वितरण गर्दै आएको र त्यसैको निरन्तरता अनुरुप पोखरा-३२ मा पनि हस्तान्तरण गरिएको बताए।

देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या बढ्दै गरेको अवस्थामा बिरामीलाई थप अक्सिजन प्रदान गर्ने अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता पर्ने भएकाले जनताको स्वास्थ्यलाई मध्यनजर राख्द्दैअक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको कास्की अध्यक्ष नारायण गुरुङले बताए। उनले पार्टीले माहामारी देखिनै कास्कीका विभिन्न पालिका र वडाका स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रमा यस्ता सामाग्री वितरण गर्दै आएको र त्यसैको निरन्तरता अनुरुप पोखरा-३२ मा पनि हस्तान्तरण गरिएको बताए।

हस्तान्तरण कार्यक्रममा स्थानिय, जनप्रतिनिधि सहित पार्टीका नेताहरुको समेत उपस्थिती रहेको थियो। अमरधन स्मृति प्रतिष्ठानका हङकङ निवासी अध्यक्ष त्रिलोक गुरुङको सौजन्यमा पार्टीले कन्सन्ट्रेटर हस्तान्तरण गरेको हो। पार्टीले २ दिन अगाडी मात्रै कास्की अन्नपुर्ण गाउँपालिकामा समेत कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो।

अन्नपुर्ण गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै राप्रपा अध्यक्ष नारायण गुरुङ
कमेन्ट्स
Loading...