सुचना, समाचार र मनोरन्जन

भलिबल संघको निर्वाचन आज हुँदै

काठमाडौँ/
करिव दुई वर्ष ढिला गरि नेपाल भलिबल संघको चुनावी साधारण सभा आज हुँदैछ । कोरोना महामारीका कारण दुई वर्ष ढिला भएको चुनावले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने चुनावी साधारण सभामा सहसचिवका लागि मास्केको प्यानलबाट मनवीर छन्त्याल र चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिएका छन ।

संघको केन्द्रीय निर्वाचनमा १३१ जना मतदाता छन । बागमती प्रदेशबाट दुई भोट निर्वाचन प्रक्रियामा समावेश गरिएको छैन ।

कमेन्ट्स
Loading...