सुचना, समाचार र मनोरन्जन

नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

काठमाडौँ/

नेपाल भलिबल सङ्घको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन । गएराति भएको चुनावी साधारण सभामा निरोज मास्केलाई २६ मतले पराजित गरी चन्द सङ्घको नयाँ अध्यक्षमा निर्वाचित भएका हुन।

सङ्घको चार वर्षे नयाँ नेतृत्वका लागि उपाध्यक्ष मास्के र महासचिव चन्द चुनावी प्रतिस्पर्धामा थिए । अध्यक्षमा निर्वाचित चन्दले ७६ र मास्केले ५० मत प्राप्त गरेकी छन् । महासचिव पदमा चन्दकै प्यानलका रोशन श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ र मनवीर छन्त्यालले ३९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा पनि चन्द प्यानलकै श्याम श्रेष्ठ निर्वाचित भएका छन ।

कमेन्ट्स
Loading...