सुचना, समाचार र मनोरन्जन

डिजिटल युगसँग अभ्यस्त गराउन पोखरामा खुल्यो ‘ई-कमर्श साथी’

पोखरा /

पोखरा डिजिटल मिडियासँग सम्बन्धित विभिन्न गतिविधि गर्ने उद्देश्यसहित पोखराको रानीपौवामा ई-कमर्श साथी खुलेको छ।

नयाँ प्रविधिको जमानामा डिजिटल युगसँग अभ्यस्त गराउन ई-कमर्श साथी बजारमा ल्याएको कम्पनीका अध्यक्ष विजय कुमालले जानकारी दिए।

ई–कमर्श साथीले विभिन्न डिजिटलसम्बन्धी काम गर्ने अध्यक्ष कुमालले बताए । मोबाइल एपको निर्माण, सफ्टवेयरको डिजाइन, डिजिटल मार्केटिङ्ग, वेबसाइट डिजाइन, ग्राफिक डिजाइन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्दछ । जसले गर्दा दैनिक जीवनमा सहज, व्यावसायिक र प्रविधिसँग अभ्यस्त हुन सहज गराउने अध्यक्ष कुमालको भनाइ छ।

व्यापार प्रवर्द्धन होस् वा दैनिक जीवन अब डिजिटल प्रणाली नै एक मात्र विकल्प भएको उनले बताए। डिजिटल प्रविधिको यो युगमा डिजिटलसम्बन्धी सम्पूर्ण सेवा र तालिम दिइने समेत अध्यक्ष कुमालले जानकारी दिएका छन्।

यसैगरी ई–कमर्श प्रालिले डिजिटल मार्केटिङ्ग तालिम, वेबसाइट डिजाइन, डिजिटल पत्रकारिता, एफलाईट मार्केटिङ्ग, ई-कमर्श विजनेश र ग्राफिक्स डिजाइनसम्बन्धी तालिम समेत दिइने संस्थाले जनाएको छ।

संस्थाले सेवा शुभारम्भको अवसरमा सेवामा ६० र तालिममा ३० प्रतिशत विशेष छूट दिने व्यवस्था गरिएको पनि जनाएको छ।

कमेन्ट्स
Loading...