सुचना, समाचार र मनोरन्जन

ईकमर्स साथी प्रा.लि पोखराको रानीपौवामा शुभारम्भ

पोखरा/

नयाँ पुस्तालाई प्रविधिमा अभ्यस्त र डिजिटलाईजेसन बनाउने उद्येश्य स्वरुप खोलिएको ईकमर्स साथी प्रा लि पोखराको रानीपौवामा शुभारम्भ भएको छ । संस्थाको अध्यक्ष विजय कुमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि, त्तब्ब् प्राप्त कन्या क्याम्पस पोखराका क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले यस ईकमर्स साथी प्रा लि कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।

मोबाईल एपको निर्माण, सप्टवेयरको डिजाईन, डिजिटल मार्केटिङ्ग, वेभसाईट डिजाईन, ग्राफिक डिजाईन, सोसल मिडिया म्यानेजमेन्टको काम गर्ने संस्थाले जनाएको छ । यसका अलवा डिजिटल मार्केटिङ्ग तालिम, वेभसाईट डिजाईन, डिजिटल पत्रकारिता, एफलाईट मार्केटिङ्ग, ईकमर्श विजनेश र ग्राफिक्स डिजाईन सम्वन्धि तालिम समेत दिनेछ ।
यसका साथै वस्तुको विक्री वितरणको प्रक्रिया पनि भावी योजनामा राखिएको संस्थाले जनाएको छ।अबको प्रतिस्पर्धा भनेको प्रविधिको प्रतिष्पर्धा हो । यसमा टिक्नका लागि पनि प्रविधिको युगमा पुग्नुपर्ने अध्यक्ष कुमालले बताए ।

हालसम्म करिव २२०० जनालाई तालिम दिईएको र त्यसमा पनि ८६० जना योग्य व्यक्तिहरु उत्पादन भईसकेको समेत अध्यक्ष कुमालले बताए । यहाँबाट उत्पादन भएको जनशक्तिहरु दक्ष र स्वनिर्भर बनेका छन् । यसमा नै गर्व महसुस भएको छ । ८६ प्रतिशत व्यक्तिहरु पुनस् अन्य डिजिटल प्रविधिमा अभ्यस्त हुन सम्पर्कमा आएको हुदाँ पुन सम्पर्क नै आफ्नो सफलता भएको समेत बताए ।

कार्यक्रम उद्घाटन गर्दे प्रमुख अतिथि सुरेस कुमार मानन्धरले ई–कमर्स साथीको सेवा र गुणस्तर अत्यन्तै राम्रो भएको बताए । युवाशक्तिले नै समाज परिवर्तनमा मुख्य भुमिका खेल्ने उदारहण हुन्, विजय कुमाल र ममता शाह, प्रमुख अतिथी मानन्धरले भने । विभिन्न प्रतिष्ठीत संस्थाको मोवाईल एपको निर्माण, सप्टवेयरको डिजाईन, डिजिटल मार्केटिङ्ग, वेभसाईट डिजाईन, ग्राफिक डिजाईन, सोसल मिडिया म्यानेजमेन्ट मार्केटिङ, व्यवस्थापन, वेभ म्यानेजमेन्ट, डिजाईनले पोखरेलीको ध्यान खिचेको हुदाँ कुमाल र ममता शाहको कर्मले आफुलाई सन्तुष्ठ दिएको समेत बताए। उक्त कार्यक्रमलाई ईकमर्स साथी प्रा.लिका संस्थापक ममता शाहले संचालन गरेकी थिईन्।

संस्थाले शुभारम्भको अवसरमा सेवामा ६० र तालिममा ३० प्रतिशत विशेष छूट दिने व्यवस्था गरिएको पनि जनाएको छ।

कमेन्ट्स
Loading...