सुचना, समाचार र मनोरन्जन

हुन्डाई गाडी अपग्रेड गर्ने सुनौलो अवसर, शुरु भयो एक्सचेञ्ज कार्यक्रम

पोखरा /

हुण्डाईका गाडीहरु चलाइरहेका ग्राहकले आफ्नो सवारी साधन अपग्रेड गर्न चाहनेका लागि सोमबारदेखि एक्सचेन्ज कार्यक्रम शुरु भएको छ। नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबारदेखि देशभर एक्सचेन्ज कार्यक्रम गर्न लागेको हो ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका सेल्स र मार्केटिङका महाप्रबन्धक रुपेश श्रेष्ठले यस कार्यक्रमले हुण्डाईका गाडी अपग्रेड गर्न चाहनेलाई अझ बढी सुविधा दिने बताए। यस योजना अनुसार कुनै पनि हुण्डाईका गाडीहरु साट्दा उच्च मूल्यांकन हुने तथा नगद छुट हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाएको छ।

यस्तै गरी १५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, एक लाख ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनसका साथै ६ वर्षको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी दिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो अफर आगामी एक सातासम्म देशका सबै हुण्डाईका डिलरहरुमा उपलब्ध हुनेछ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माघ २६ गते सोमबारदेखि २०७७ फाल्गुन २ गते आइतबार बिहानको १० बजे दखि साझँको ५ बजे क्रार्यक्रम ल्याएको छ । यस योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चत्तम मुल्याङ्कन,आकर्षक नगद छुट,१५ हजार रुपैयाँ बरावरकोको लोयल्टी बोनसर १ लाख ४० लाख रुपैयाँसम्मको एक्सचेन्ज् बोनसका साथै ६वर्षको फ्री सर्भिस र ३ वर्षको ग्यारेन्टी रहको कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महा प्रवन्धक÷सेल्स र मार्केटिङ रुपेश शर्मा भट्टका अनुसार ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाईतल्लीन रहेको छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदानगर्नेछ । हुन्डाइए एक्स्चेञ्ज नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध छ ।”

कमेन्ट्स
Loading...