सुचना, समाचार र मनोरन्जन

विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा छौँ: अध्यक्ष हुमागाईं

काठमाडौँ/

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले स्थलगत(होडिङ बोर्ड) विज्ञापनको लागि हुने ठेक्का प्रथा रोक्ने तयारीमा रहेको बताएका छन्। आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष हुमागाईंले यस्तो बताएका हुन्।

उनले स्थलगत विज्ञापनको लागि अझैपनि ठेकेदारी प्रचलन गरेको भन्दै अब बोर्डले ठेकेदारी प्रचलन रोक्ने कानुन बनाएर लागुगर्ने बताए। उनले भने,‘विज्ञापन बोर्ड स्थलगत (होडिङ बोर्ड) विज्ञापनको लागि हुने ठेक्का प्रथा रोकिनुपर्छ भन्ने पक्षमा छौँ। यस्तो विज्ञापन बापतको राजश्व ठेकदारले उठाउनु हुँदैन। त्यो नियम लागु गर्छौँ।’

अध्यक्ष हुमागाईंले बोर्डको पहलमा चालु आर्थिक वर्षदेखि सरकारी विज्ञापनमा मिडियाको बिलमार्फत भुक्तानी गर्ने पाउनेगरी सञ्चार मन्त्रालयले परिपत्र जारीसमेत गरेको बताए।

कमेन्ट्स
Loading...