सुचना, समाचार र मनोरन्जन

पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कास्की/

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हनुमानटोलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार एक जना घाइते भएका छन ।

गएराती ८ बजे नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर आफै अनियन्त्री भई डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तनहुँको व्यास नगरपालिका–१ दमौलीका ५० वर्षीय बल बहादुर राईको मृत्यु भएको हो ।

पछाडी सवार निजको छोरी १५ वर्षीया सोनी राईको उपचार भइरहेको वडा प्रहरी कार्यालय बगर कास्कीले जनाएको छ ।

कमेन्ट्स
Loading...