सुचना, समाचार र मनोरन्जन

नागरिकता विधेयक प्रमाणित नगर्नु ठूलो दुर्घटना : विमलेन्द्र निधि

काठमाडौँ/

PCCi MELa

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले संसदले दोहोर्याएर पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणित नगरेर राष्ट्रपतिले संविधान, संसद, कार्यपालिका र न्यायपालिकामाथि प्रतिगमनकारी प्रहार गरेको टिप्पणी गरेका छन।

संघीय संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ लाई संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण गर्नैपर्ने सीमा मंगलबार राति १२ बजेसम्मका लागि भएकोमा राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि नेता निधिले बुधबार ट्वीट गर्दै यसबाट मुलुकमा ठूलो दुर्घटना निम्त्याउन खोजेको बताएका हुन्।

निधिको ट्वीटमा भनिएको छ, ‘संसदले दोहोर्याएर नागरिकता विधेयक पारित गरेकोलाई राष्ट्रपतिले प्रमाणित नगर्नु ठूलो दुर्घटना हो। संविधान, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि प्रतिगमनकारी प्रहार हो। राष्ट्रिय एकता र सामाजिक स्थिरतालाई बिथोली द्धन्द्ध सिर्जना गर्ने यो अन्तर्ध्वंसी कामको तत्काल समाधान जरुरी छ।’

कमेन्ट्स
Loading...