सुचना, समाचार र मनोरन्जन
kumdini

पोखरा २६ बुडिबजारमा नेपाली युवाको शैलुन

पोखरा/
पोखरा महानगरपालिका वडा नं २६ बुडीबजारमा रोशन कुवँरले शैलुन व्यवसाय संचालन गरेका छन । कुवँरले करिव ६ लाखको लगानीमा शैलुन सन्चालनमा ल्याएका हुन । भारतियले शैलुन व्यवसायबाट लाखौ रुपैँया आफ्नो देश लाने गरेकोमा देशभित्रैका युवाले रोजगारी पाउन भन्ने उदेश्यले नयाँ व्यवसाय सुरु गरेको बताएका छन ।

शैलुनको बुधवार पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले उद्धघाटन गरेका हुन । थापाले नेपालमै केही गर्नुपर्छ भन्ने सोचले खोलेको शैलुनको सफलताको शुभकामना व्यक्त गरे । स्थानिय युवाले सुरु गरेको व्यवसायलाई त्यहाँका बासिन्दाले सहयोग गर्नुपर्नेमा उनलेजोड दिए । विदेशमा गएर गरिने मेहेनत र लगानी नेपालमै गर्न सकियो भने विदेशमा गएर पसिना बगाउनु नपर्ने थापाले बताएका छन । जुनसुकै काम ठुलो सानो नहुने भन्दै उनले सिपमुलक तालिमका लागि उद्योग बाणिज्य संघ संग सहकार्य गरी वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रयले नेपालको पुँजीलाई नेपालमै परिचालन गर्न सकियो भने स्वदेशमै रोजगारी सिर्जना गर्न सकिनेमा जोड दिएका छन । सिपमुलक तालिमको लागि संघले सिटीभिटीसंग (MOI) गरीसकेको बताउर्दै युवा व्यवायीहरुसंग र व्यवसायी संघ संस्थाहरुसंग सहकार्य गरीने उनले बताए ।

British college

यसअघि पेपरकप उत्पादनको व्यवसाय संचालन गर्दै आएका कुवँरले नेपाली युवाँलाई नेपालमै स्वरोजगार हुन प्ररित गर्ने उदेश्यले शैलुन सन्चालनमा ल्याएको बताएका छन । शैलुनमा ३ जनाले प्रत्यक्ष रोजगारीको अवसर प्रप्त गरेका छन भने एक महिनाभित्र चाउथे र अर्गौचोकमा पनि व्यवसाय सुभारम्भ गर्ने उनको भनाई छ । सुभारम्भ तथा चाडपर्वको अवसरमा शैलुनले हरेक सेवामा २० प्रतिशत छुट दिने कुवँले बताए । व्यवसाय गर्न चाहने युवालाई सबै किसिमको सहयोग गर्न तयार रहेको समेत उनले बताए ।

शैलुनका अध्यक्ष रोशन कुवँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रविन रानाभटले गरेका थिए भने संचालन संचारकर्मी सचिन रानाभाटले गरेका थिए ।

कमेन्ट्स
Loading...