सुचना, समाचार र मनोरन्जन

बेनेलीको नयाँ मोडल १८०एस नेपाली बजारमा लञ्च हुँदै

बुधबार टेष्ट ड्राइभ

पोखरा /

इटालीयन ब्राण्ड बेनेलीको नयाँ मोडल १८०एस नेपाली बजारमा लञ्च हुने भएको छ । नेपालमा पहिलो पटक बेनेलीको उक्त मोडल उत्कृष्ट डिजाइनका साथ लञ्च हुने कम्पनीले जनाएको छ ।

यससँगै कम्पनीले माघ २८ गते “बेनेली टेष्ट ड्राइभ कार्यक्रम”को आयोजना गरेको छ । जहाँ कम्पनीको विभिन्न शोरुमहरु काठमाडौं, बुटवल, चितवन लगायतका ठाँऊमा गएर चढी परीक्षण गर्न सकिनेछ । त्यस्तै, जति सहभागी चालकले मोटरसाइकल चढेर परीक्षण गरेका हुन्छन्, उनीहरूले आकर्षक उपहार पनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

बेनेली प्रख्यात इटालीयन ब्राण्डको मोटरसाइकल कम्पनी हो । यो मोटरसाइकल सन् १९११ देखिनै प्रत्येक चालकको रोजाई बन्न पुगेको छ । यी मोटरसाइकलहरुको बजारमा अत्यन्तै माग रहेको हुँदा चालकहरुले पनि यसबाट आरामदायी यात्राको अनुभूती गरेको पाईन्छ ।

केटिएम इन्टरनेशनल ट्रेडिङ्ग (प्रालि) यसको नेपालको एक मात्र आधिकारीक बिक्रेता रहेको छ । सन् २०१६ देखिनै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई बिक्री तथा वितरण गरिरहेको छ । बेनेली मोटरसाइकलले राम्रो माईलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउँदै आएको छ ।

कमेन्ट्स
Loading...