सुचना, समाचार र मनोरन्जन
kumdini

चाडपर्व नजिकिए सँगै पोखरा महानगरपालिकामा बजार अनुगमन सुरु

पोखरा
दशैँ लगायतका चाडपर्व नजिकिए सँगै पोखरा महानगरपालिकाको बजार अनुगमन समितिले बजार अनुगमनलाई तीव्र पारेको छ । चाडपर्वको समयमा बजारमा हुने कालोबजारी, म्याद नाघेका र न्यून गुणस्तरका सामान बिक्री वितरणलाई नियन्त्रण गर्नअनुगमन समितिले पोखरा महानगरपालिका वडा नम्बर १७ का विभिन्न खाद्य स्टोर्समा अनुगमन गरेको हो ।

British college

पोखरा महानगरपालिकाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुषा कार्की, पोखरा महानगर बजार अनुगमन अधिकृत भरतराज पौडेल, उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइराला लगाएतको अनुगमन टोलीले लेवल नभएका, म्याद कटेका र पसल नवीकरण नभएको फेला पारेको छ ।
छोरेपाटनमा रहेको एबीसि स्टोर्सबाट म्याद कटेका ६२९० रुपैयाँ बराबरको खाद्य सामग्री नष्ट गरेको र कोसेलि तेल १० लिटर, जोन्सन एण्ड जोन्सन लोसन ४ थान, बेकिङ पाउडर ९ बट्टा, भ्यासलिन ३ थान, पोका पाउडर ५ थान नष्ट गरिएको महानगर अनुगमन अधिकृत भरतराज पौडेलले जानकारी दिए ।

बजार अनुगमनका क्रममा लेवल प्रकृया पुरा नभएको, वोरामा प्याक गरिएको चामल सडे गलेको अवस्थामा फेला परेको, मुल्यमा एकरुपता नभएको, म्याद नाघेका सामानहरु विक्री गर्ने गरेको पाइएको छ । खाद्य पदार्थमा चरम लापरवाही गरी म्याद नाघेका वा अन्य कुनै पनि प्रक्रिया पुरा नगरी त्यस्ता सामान बेच्ने व्यापारीहरुलाई कानुनी दायरामा ल्याई कार्बाहीको प्रक्रिया अगाडी बढाइएको बजार अनुगमन समितिले जनाएको छ ।

कमेन्ट्स
Loading...