सुचना, समाचार र मनोरन्जन
kumdini

अर्थतन्त्र विकासका लागि अहिले पनि वाम एकता अपरिहार्य छः प्रचण्ड

काठमाडौं /

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका छन् ।

British college

शुक्रबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका हुन् ।

उनले नागरिकता बिधेयक प्रमाणीकरण नगर्ने काम संविधानमाथिको प्रहार भएको बताए । सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उनको भनाई छ । उनले प्रतिगमन रोक्न जनताको पहल गर्नुपर्ने र सडकमा समेत जानुपर्ने अवस्था आउन सक्ने धारणा राखे । देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार भइरहेको भन्दै उनले एकथरी मान्छेहरु प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेको उल्लेख गरे ।

नेपाल राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइरहेकाले सवै सचेत हुनुपर्ने उनको भनाई छ । प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, पूँजीको विकासका लागि अहिले पनि वाम एकता अपरिहार्य रहेको धारणा राखे ।

उनले तीन खम्वे अर्थनीतिमार्फत समाजवादको आधार र अर्थतन्त्रको बिकास गर्नुपर्ने बताए ।

कमेन्ट्स
Loading...