सुचना, समाचार र मनोरन्जन
kumdini

६६ हजार भ्रष्टाचार गरेको अभियोगमा सात जनाविरुद्ध मुद्दा

काठमाडौँ/

दरबार पुनर्निर्माणका क्रममा भ्रष्टाचार गररेको अभियोगमा अख्तयार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सुर्खेतको सिम्ता गाउँपालिका वडा ३ र ४ स्थित राजकाँडा कोटेश्वर दरबार निर्माणका क्रममा उपभोक्ता समितिमार्फत नगरेको काम बापत पनि भुक्तानी दिएरलिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

British college

दरबार पुनर्निर्माणका क्रममा डिभिजन वन कार्यालय सुर्खेतका तत्कालीन डिभिजनल वन अधिकृत गोविन्द प्रसाद दहाल र सहायक वन अधिकृत टेकबहादुर रावलले दरबार निर्माण योजनामा झुठ्ठा नापी किताब, मूल्याङ्कन बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी भुक्तानी लिएको पुष्टि हुन आएको आयोगले दाबी गरेको छ।

उनीहरुले वास्तविक भए गरेको कामभन्दा बढी काम गरेको देखाई ४ लाख ३६ हजार ७२२ भुक्तानी दिएको अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ। मुद्दा दायर हुँदासम्म उनीहरुले ३ लाख ७० हजार दाखिला गरेकाले बाँकी ६६ हजार ७२२ असुल उपर हुनुपर्ने मागदाबी छ।

त्यस्तै आयोगले उपभोक्ता समितिका अध्यक्ष रुद्रबहादुर बस्नेत, उपाध्यक्ष धुव्रकुमार कुमार सिंह, सचिव युवराज पोखरेल र कोषाध्यक्ष रहेकी कुमारी बुढालाई पनि विपक्षी बनाएको छ। उनीहरुबाट ६६ हजार ७२२ असुल गर्न आयोगले माग गरेको छ।

कमेन्ट्स
Loading...