सुचना, समाचार र मनोरन्जन
Tiger Cup

भारतबाट दूध आयात गर्ने सरकारको निर्णय अनुपयुक्त छ : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको बताएका छन् ।

निर्णयले किसान र व्यवसायीलाई धरासायी बनाउने भन्दै थापाले निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

थापाले भनेका छन् नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दूध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ। किसान र व्यवसायलाई धरासायी पार्ने यो जनविरोधी निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँछु ।

कमेन्ट्स
Loading...