सुचना, समाचार र मनोरन्जन
Tiger Cup

सर्वहित सहकारीको १२ औँ साधारण सभा सम्पन्न

पोखरा/

सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. को १२औं वार्षिक साधारण सभा भएको छ । पोखरा महानगर सहकारी माहाशाखा प्रमुख भरतप्रसाद पैडेलले सभाको उद्घाटन गर्दै मिल्दा उद्धेश्य भएका सहकारी बिच एक आपसमा म्रज गरि ,ब्याजदर समायोजन गरि आर्थिक तरलताको अवस्थालाई व्यवस्थापन हुने गरि महानगरले नयाँ कार्यत्रमहरु ल्याउन लागेको बताए । देशको आर्थिक विकास र समृद्धि नेपालको सपना साकार बनाउने सङ्स्था एवं सामूहिक अभ्यास गर्ने स्थलको रुपमा सहकारी रहेको बताए

उनले आगामी दिनमा आर्थिक त्रियाकलाप गर्न स्वदेशमा नै लगानी गरी रोजगार दिने, उत्पादन क्षेत्रमा सामूहिक सहकार्यको माध्यमद्वारा कृषि, उद्योग र व्यापारमा लगानी गरी, समग्रमा देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुग्ने गरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा सङ्स्थापक अध्यक्ष मित्रमणि तिमिल्सीनाले कर्जा लगानी र निक्षेप सङ्कलनमा मात्र केन्द्रित नभई आफ्नै उत्पादन गरी दीर्घकालीन रुपमा स्वरोजगार बन्नु पर्ने धारणा राखे ।

कार्यक्रममा पोखरा मनपा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना , सङ्स्थाका निर्वतमान अध्यक्ष, सुर्यप्रसाद तिमिल्सीना (मुना) ,रणबहादुर थापा संस्थाका सल्लाहकार, नेकपा एमाले पोखरा १८ का वडाध्यक्ष पुश्कलबहादुर थापा ,नेपाली काङ्ग्रेस पोखरा १८ का कार्यबाहक वडा सभापति नारायणबहादुर खडका ,गन्तव्य अन्नपुर्ण सकोसका अध्यक्ष दिपेन्द्र तिमिल्सिना ,मर्युर सकोसका अध्यक्ष मिनराज खडका ,आदिले शुभकामना मन्तव्य राखेका थिए ।

सहकारीका अध्यक्ष शिव थापा ,सेयर सदस्य बेदनिधी तिमिल्सिनालगायतले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहकारीका ज्येष्ठ सदस्य रङ्गनाथ तिमिल्सिना लगायत सदस्यहरुलाई सम्मान गरेको थियो । त्यसैगरी पुर्व कर्मचारीहरुलाई प्रशम्सा पत्र प्रदान गरिएको थियो

सङ्स्थाका अध्यक्ष शिव थापाले वार्षिक प्रगति प्रतिवेदन, सचिव वसन्त सुवेदीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष चिन्तामणी अधिकारी संस्थाको भावी योजना र आयव्यय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष थापाले स्वागत गरेको कार्यक्रममा सहकारीका सिद्धान्त वाचन सदस्य सङ्स्थाका कर्जा अधिकुत मन्जु भण्डारीले र सञ्चालन सचिव वसन्त सुवेदीले गरेका थिए । धन्यवाद ज्ञापन उपाध्यक्ष भरतप्रसाद तिमिल्सिनाले गरेका थिए । सङ्स्थामा ८२०जना सेयर सदस्य रहेका छन् ।

कमेन्ट्स
Loading...