सुचना, समाचार र मनोरन्जन

सहुलियत पसलमा खसी, बोका र च्यांग्रा पनि सहुलियतमा (फोटो फिचर)

काठमाडौं /

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको छ।

खाद्य व्यवस्थाको दसैं सहुलियत पसलमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर खसी, बोका र च्यांग्रा बिक्री गरिएको छ। खाद्यले प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर जिउँदो खसी ६७०, बोका ६७० र च्यांग्रा १२५० रुपैयामा बिक्री गर्न थालेको छ।

साथै कलंकीको खसी बजारसहित काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्रेता र क्रेताबीच आपसी मोलतोल गरेर पनि खसी, बोका र च्यांग्रा बिक्री भइरहेका छन्। चौपाया खरिद बिक्री सेवा संघले लोकल खसीबोकाको मूल्य प्रतिकिलो ६८० देखि ७१० रुपैयाँ र च्याङग्रा प्रतिकिलो १३ सय रुपैयाँ तोकेको थियो।

हेर्नुहोस् तस्बिरहरु :

 

कमेन्ट्स
Loading...