पोखरा /
पोखरा महानगरपालिका १२ मा डेंगु रोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा टोल विकास समुहका प्रतिनिधि, आमा समुह, स्वयमसेवकहरु तथा स्थानियको सहभागिता रहेको थियो । गण्डकी स्वास्थ निर्देशनालयका कर्मचारीले डेंगु रोकथामका बारेमा जानकारी गराएका थिए ।
नेपाल रडक्रस सोसाइटी पोखरा १२ को व्यवसथापन स्वास्थ महाशाखा गण्डकीको प्राविधिक सहहयोगमा कार्यक्रम सन्चालन गरीएको वडा अध्यक्ष सुवास बास्तोलाले जानकारी दिए ।

वडा कार्यलयदेखि सुरु भएको र्याली स्थानिय सितलादेवि मन्दिर परिक्रमा गरी पुनः वडा कार्यलय फर्केको थियो । डेंगुको संक्रमण देशव्यापी रुपमा फैलिएकाले सचेतना फैलाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बास्तोलाले बताए । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने र लाम्खुट्टेले फुल पार्नसक्ने स्थानहरु सरसफाई गर्न आग्रह गरेका छन ।