सुचना, समाचार र मनोरन्जन
Election Commission V2

डेंगुले फस्टायो नरिवलपानी, किबी, अम्बा र मेवाको ब्यापार

काठमाडौँ/

काठमाडौँ उपत्यकामा डेंगुको प्रकोप बढेसँगै शक्तिबर्धक फलफूलको बिक्रीमा उछाल आएको ब्यापारीहरुले बताएका छन् । नेपाल फलफूलथोक व्यवसायी संघकाअनुसार बजारमा पहिले भन्दा अहिले नरिवल, किबी, अम्बा र मेवाको व्यापारमा उछाल नै आएको छ ।

संघका अध्यक्ष अमर बानियाँले नेपाली उत्पादनले नपुगेर भारतको कर्नाटकदेखि ठूलो मात्रामा नरिवलपानी भित्रिइरहेको बताए । नेपालको झापा लगायतका जिल्लामा फलेको उत्पामदन सकिएका कारण भारतबाट आयात बढेको उनले बताए । यस्तै दोस्रो ठूलो कारोबार किबीमा छ ।

डेंगुका बिरामीले खानका लागि बजारमा किबीको माग बढ्दा बजारमा अहिले दक्षिण अफ्रिका र थाइल्याण्डदेखि किबी भित्रिन थालेको छ । ‘पहिले दैनिक पाँच सय पिस पनि नआउने नरिवल पानी अहिले दैनिक २५ हजार किलो पुगेको छ,’ बानियाँले भने,‘यो हाम्रो व्यापार इतिहासकै धेरै हो ।’

बजारमा अम्बा भने नेपाली उत्पादनले धानेको बानियाँले बताए । मेवा भने भारतबाट भित्रिएको छ । बजारमा माग बढेसँगै बिक्री बाहेक अन्य फलफूलको मूल्य भने नबढेको संघले जनाएको छ ।
अहिले होलसेल बजारमा नरिवलपानी प्रतिगोटा १२० देखि १३० रुपैयाँ औसत छ । यस्तै मेवा प्रतिकिलो ९० देखि १२० र किबीको मूल्य ३५० देखि ७ सय रुपैयाँसम्म छ । अम्बाको प्रतिकिलो मूल्य १०० सय रुपैयाँदेखि १२० रुपैयाँ तोकिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार अहिले बजारमा यी वस्तुको माग पहिले भन्दा अधिक बढेको छ । माग बढेसँगै व्यवसायीहरुको प्रतिष्पर्धाका कारण मूल्यमा भने खासै वृद्धि नभएको श्रेष्ठले बताए ।

कमेन्ट्स
Loading...