काठमाडौँ/
गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा कुल ९ टोलीले सहभागिता जनाउने छन । ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल एपीएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन ।
त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशले खेल्नेछन् । सोही दिन नै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन ।