सुचना, समाचार र मनोरन्जन
Election Commission V2

काठमाडौँ क्षेत्र नम्बर-१ बाट रवीन्द्र मिश्रले घोषणा गरे उम्मेदवारी

काठमाडौँ/

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौँ क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। राप्रपासँग एकता गरेको दुई दिनपछि नै मिश्रले शुक्रबार औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका हुन्।

उनको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष डा। प्रकाशचन्द्र लोहनीको उपस्थित भएको थियो। मिश्रले मञ्चको एक छेउमा चन्दा बाकस पनि राखेका थिए। उनी २०७४ मा पनि काठमाडौँ क्षेत्र नम्बर १ बाट नै उम्मेदवार बनेका थिए। विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग केही मतले पराजित भएका थिए।

कमेन्ट्स
Loading...