सुचना, समाचार र मनोरन्जन

विजयादशमीका अवसरमा शुभकामना आदानप्रदान

पोखरा/

पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटे आदर्श क्लबले विजयादशी, दिपावली तथा छठ लगायतका पर्वका अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।
कार्यक्रममा क्लबका सल्लाहकार पुष्पराज शर्मा पौडेलले क्लबले सबैलाई एकतावद्ध बनाएर लैजाने बताए । चाडपर्वले सबैलाई सुख शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गर्दै उहाँले यस्ता कार्यक्रमले आपसी भाइचारा अभिबृद्धि हुनेमा जोड दिए ।

क्लबका अध्यक्ष नन्जिशा घिमिरेले क्लबले सबैलाई एकतावद्ध बनाएको बताउँदै आगामी दिनमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।
क्लबका सचिव सुचित्रा मिश्रले सञ्चालन एवम् उपाध्यक्ष समृद्धि पौडेल स्वागत गरेको कार्यक्रममा क्लबका कोषाध्यक्ष ओशिष घिमिरे, सदस्यहरू इशान पौडेल, सक्षम पौडेल, समिर पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्लबले बेलबुटे क्षेत्रमा सरसफाई लगायतका गतिविधिलाई अघि बढाउँदै आएको छ ।

कमेन्ट्स
Loading...