सुचना, समाचार र मनोरन्जन

१८ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन यही फागुन ५ गते हुने

म्याराथनलाई सव्य र भव्य बनाउनको लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ५ वटा अन्तर्राष्ट्रिय समिति {बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, हंगकंग, सर्भेया} बनाएर काम अघि बढी रहेको छ ।

पोखरा /

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२४, यही फाल्गुन ५ गते नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा हुने भएको छ ।

म्याराथनलाई सव्य र भव्य बनाउनको लागि आयोजक भूतपूर्व खेलाडी मञ्चले २३ वटा उपसमिति नेपालमा र ५ वटा अन्तर्राष्ट्रिय समिति {बेलायत, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, हंगकंग, सर्भेया} बनाएर काम अघि बढी रहेको छ ।

१८ औँ संस्करणमा आई पुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिदै म्याराथन पुरा गर्नेछन्। सुरुवात पोखरा रङ्गशालाबाट हुनेछ। समापन भने पोखरा–६ हल्लनचोकस्थित क्याम्पिङ चौरसाइटमा हुने छ।

सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुन लागेको सफल पोखरा अन्तर्राष्ट्रियता म्याराथनको मूल नारा “स्वास्थ्यको लागि,पोखराको लागि” रहेको छ । देशकै मोफसलमा हुने सबैभन्दा ठुलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आइरहेको छ ।

यसपालि म्याराथनलाई विशेष बनाउनका लागि मुख्य म्याराथनका विधाहरुका सहभागीहरूलाई चिप्सको प्रयोग गरिने भएको छ जसले धावकको दौड समय सटिक तरिकाले मापन गर्दछ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले प्रथम विजेतालाई रु ५ लाख, दोस्रोलाई ३ लाख, तेस्रोलाई २ लाख र चौथोलाई ३० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । साथै गण्डकी प्रदेशको खेलाडीहरूलाई प्रोत्साहन स्वरूप छुट्टै पुरस्कारको व्यवस्था पनि गरेको छ । साथै अरू बिदाहरू जस्तै महिला हाफ म्याराथन, १० कि।मि पुरुष तथा महिला, ५ कि।मि छात्र, छात्रा, ह्विल चियर तथा दृष्टिविहीन तर्फका हरेक प्रतियोगितामा पनि पुरस्कार राखिएको छ ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अझ व्यापक बनाउन पोखराकै प्रतिष्ठित औद्योगिक प्रतिष्ठान सुजल डेरी प्रा।लि। को सफल दूधको मुख्य प्रायोजन रहेको छ । साथै शारीरिक तन्दुरुस्ती र पौस्टिकतासंग सम्बन्ध राख्ने सफल दूधले पोखरा वासीको स्वास्थ्य र खेलको सम्बन्धलाई अझ प्रगाढ बनाउने कुरामा कम्पनी विश्वस्त छ । बिगत ९ वर्ष देखि लगातार प्रायोजन गर्दै आइरहेको सफल दूधले उपभत्ताको स्वास्थ्य प्रतिको विश्वासलाई कायम गर्नको साथै पोखरा वासीको मन जित्न सफल यस्तो कार्यक्रम आयोजना गरेकोमा गौरवान्वित महसुस गरेको छ । साथै मुख्य प्रयोजन ३ वर्षका लागि नविकरण पनि गरेको कम्पनीले जनाएको छ।

सम्पूर्ण पोखरा बासीहरूलाई फाल्गुन ५ गते हुनगइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी भई “स्वास्थ्यको लागि,पोखराको लागि” दौडिन कम्पनीले आवहान गरेको छ।

Leave A Reply

Your email address will not be published.