पोखरा /
गायिका शान्ति श्रीष मगरको ‘फूल जस्तै मेरो जोवन’ बोलको गीत सोमबार सार्वजनिक भएको छ । वसन्त सापकोटाको संगीत र शब्दमा रहेको उक्त गीतमा शान्ति श्रीष मगरसंगै दिपक लिम्बुको स्वर रहेको छ। गीतसंगै सार्वजनिक म्यूजिक भिडियोको निर्देशन कविराज गहतराजले गरेका थिए भने मोडल पुष्प खड्का र शान्ति श्रीषको अभिनय रहेको छ ।
श्रीषको जन्मदिनको अवसर पारेर गरिएको गीत विमोचनमा प्रमुख अतिथि वरिष्ठ गायिका बाबा राणाले गीत निकै सुन्दर रहेको बताउदैँ भविष्यमा सफलताको शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा पोख्रेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पोखरा उद्योग वाणिज्य संघ कास्कीका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, निर्देशक कविराज गहतराज, मोडल पुष्प खड्का, त्रिवेणी संगीतालयका प्रशिक्षक नवराज बराल, बुटिक एशोसियन पोखराकी सचिव श्वेता भट्टराईले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा श्रीषका मातापिताको विशेष उपस्थित थियो भने अध्यक्षता ग्लोरी फेसन होमका संरक्षक प्रमोद थापाले गरेका थिए । विगत १० वर्षदेखि पोखरामा बुटिक होम सञ्चालन गर्दै सफल उद्यमीको परिचय बनाइसकेकी श्रीष हाल बुटिक एशोसिएसन पोखराको अध्यक्ष पनि हुन् । उनले गायिका र मोडलको रुपमा यसै गीतबाट डेब्यू गरेकी हुन् ।
हेर्नुहोस् भिडियो :
