पोखरा । साझा युवा संगठन गण्डकी प्रदेशले प्रदेश सचिव र विभिन्न विभागहरूसहित सचिवालय निर्माण गरेको छ ।
प्रदेश समिति सचिवमा पुर्ण वाग्ले ‘ईतिहास’ रहेका छन् भने अभियान विभाग प्रमुखमा सुमन भट्टराई, संगठन विभाग प्रमुखमा मनिषा मगर, आर्थिक विभाग प्रमुखमा राजन भुषाल, प्रचार प्रसार विभाग प्रमुखमा प्रतिक सुनार र कार्यालय व्यवस्थापन विभाग प्रमुखमा आशिष बास्तोला रहेका छन् । यसैगरी सचिवालय सदस्यहरूमा यशोदा शर्मा, शरद अर्याल, आशिष श्रेष्ठ र चक्र थापा रहेका छन् ।
साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवालाई समेट्दै संगठनलाई प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउने लक्ष्य लिएको छ । साझा युवा संगठन युवाको प्रत्यक्ष सहभागिता र सकरात्मक हस्तक्षेपले नै देशको मुहार बदलिन्छ भन्नेमा विश्वास गर्दछ ।
