पोखरा/
पोखरा महानगरपालिका वडा नम्बर १४ मा नेकपा एमालेले चुनाव प्रचारप्रसार समितिको कार्यालय स्थापना गरेको छ ।
कास्की क्षेत्र नं. १ (ख) मा नेकपा एमालेको तर्फबाट प्रदेश सभा सदस्यका प्रत्यासी उम्मेदवार बेदबहादुर गुरूङ (श्याम) ले प्रचार कार्यालयको उद्घाटन गर्दै पाटीका नेता कार्यकर्तालाई मतदाताहरुको साथमा सधैं एमाले रहने र स्थानियका विकासका कार्यदेखि नीति निर्माण पनि नेकपा एमाले पाटीले मात्र वकालत गर्न सक्ने कुरा बुझाउन निर्देशन दिए ।
उनले वडावासीको हितका पक्षमा आफू सर्दैव लागिरहने बताउँदै एमालेलाई मंसिर ४ गते हुने निर्वाचनमा पहिलो पाटी बनाउन सुर्य चिन्हमा मतदान गर्न सबै मतदातामा अनुरोध गरे ।
कार्यक्रममा प्रत्येक दिन वडाबासीका घरदैलोमा जाने र एमाले पाटीले मात्र जनताका हितमा काम गर्ने कुरा बुझाउने कार्यक्रम रहेको एमाले नेता पसबहादुर बास्तोलाले जानकारी दिए ।
Trending
- २० लाख र २५ लाख पारिश्रमिकबाट पछि हटेकी हुन् पूजा?
- फेवाताल किनारमा पुराना डुङ्गा : थपिँदै चुनौती, मासिँदै सुन्दरता
- के जेल बसेर बाहिरिएपछि महँगिएका हुन पल शाह ?
- प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत
- राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूतको भेटवार्ता
- मैले प्रेमा र रणवीरको स्क्रिप्ट सँगै लेखेको थिएँ तर समय र परिस्थितिले गर्दा रणवीर बन्यो : निर्देशक गोविन्द सिंह भण्डारी
- नेपाल उद्योग वाणिज्य संघ गण्डकीको छैटौं प्रदेशसभा सम्पन्न
- फेरि आयो सलमानलाई ज्यान मार्ने धम्की
- विश्लेषणका लागि किनेको १० कित्ता सेयरबाट लाखौंको सम्पत्ति बन्यो: गभर्नर अधिकारी
- अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल सर्वसम्मत
पोखरा १४ मा एमालेको चुनाव प्रचारप्रसार समिति कार्यालय स्थापना
कमेन्ट्स