सुचना, समाचार र मनोरन्जन

काठमाडौँबाट विराटनगरको बुद्ध एअरको उडानमा व्यवसायी उद्धव पौडेल एकल यात्रु

काठमाडौँ/

कहिलेकाहीँ यात्रुले हवाइजहाजको टिकट चाहेर पनि खरिद गर्न पाउँदैनन् । अनि कहिलेकाहीँ हवाइजहाजले पनि यात्रु पाउँदैनन् ।

केही सिट खाली राखेर जहाज उड्ने कुरा नौलो होइन । तर बुद्ध एअर भने ७२ सिटको जहाज एउटा मात्रै यात्रु लिएर काठमाडौँबाट विराटनगर उडेको छ । मंगलबार बेलुका ८ बजे बुद्ध एअरको उडान नम्बर यू ४ ७१७ को जहाजमा एक व्यवसायी उद्धव पौडेल मात्रै थिए ।

उनले आफू जहाजमा एक्लै रहेको फोटो सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा निकै चर्चा भएको छ । उनले लेखेका छन, काठमाडौँबाट विराटनगर सम्मको बेलुकी ८ बजेको बुद्ध एअरको उडानमा म एकल यात्रु । रोमाञ्चक अनुभव ।

बुद्ध एअरका बजार निर्देशक रुपेश जोशीले चाडबाडको समयमा कहिलेकाहीँ यात्रु नै नभइकन रित्तो जहाज पनि उडाउनुपर्ने अवस्था रहेको बताए । अहिले काठमाण्डौबाट बाहिर जाने यात्रु नभएको र काठमाण्डौ फर्कने यात्रुको भने घुइँचो रहेको उनको भनाइ छ ।

हामीले कहिलेकाहीँ रित्तो जहाज उडाएको रेकर्ड पनि छ, मंगलबार पनि जम्मा एकजना मात्रै यात्रु हुनुभयो । तर सेड्युल अनुसार त उडाउनै पर्यो, जोशीले भने । एकजना यात्रु बोकेर विराटनगर गएको जहाजले फर्कँदा भने ७० जना यात्रु बोकेर काठमाण्डौ आएको थियो ।

कमेन्ट्स
Loading...