सुचना, समाचार र मनोरन्जन
Election Commission V2

ठमेलको नाइटक्लब ‘एलओडी’मा अचानक केपी ओलीको इन्ट्री (हेर्नुहोस् तस्वीरहरु)

काठमाडौ /

नेकपा  एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गएराति अचानक काठमाडौंको नाइटक्लबमा पुगेका छन्। केही सहयोगीहरुसहित पुगेका ओलीले एलओडी नामक नाइटक्लबमा केही समय विताएका थिए। निर्वाचनको मुखमा ओलीको यो एउटा अर्को अनौठो शैली देखिएको हो।

काठमाडौंको ठमेलस्थित सो क्लबको मञ्चमा रातो ज्याकेटमा उनी एक्कासि देखापर्दा क्लबमा भेला भएकाहरु छक्क परेका थिए। एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर सहरमा ओली’ समेत सार्वजनिक गरेका छन्।

शुक्रबारको राति भएकाले नाइटक्लबमा युवायुवतीहरुको निकै भिडभाड पनि थियो। ओली सो क्लबमा बोल्दै गरेको र हात हल्लाएर उपस्थितहरुलाई अभिवादन गर्दै गरेको तस्वीरहरु आफ्नो पेजबाट सार्वजानिक पनि गरेका छन्।

बालकोट नामक ओलीको फेसवुकमा सार्वजानिक तस्वीरहरुमा ओली क्लबको मञ्चमा पुग्दा केहीले राष्ट्रिय झण्डा पनि देखाएका छन् । चुनावी अभियानका क्रममा शुक्रबार दिउँसोसम्म ओली आफ्नो गृह प्रदेश (प्रदेश १) मा थिए। शुक्रबार उनले धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए।

हेर्नुहोस् ओलीको पेजमा सार्वजानिक तस्वीरहरु :

कमेन्ट्स
Loading...