सुचना, समाचार र मनोरन्जन
Election Commission V2

शिखर इन्स्योरेन्सको १८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा रक्तदान: ९१ युनिट रगत संकलन

पोखरा /

शिखर इन्स्योरेन्स लिमिटेड पोखरा शाखाद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

इन्स्योरेन्सले आफ्नो १८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा पोखरा न्युरोडको शाखा कार्यालय परिसरमा मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

इन्स्योरेन्सका शाखा प्रमुख शिव सुवेदीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ९१ युनिट रगत संकलन भएको छ ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको प्रमुख अतिथ्यतामा तथा निम्सका अध्यक्ष दीपकराज तिवारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस्तै, अन्य अथितिमा मीनराज खड्का, लक्ष्मी अधिकारी लगायत रहेका थिए ।

सामाजिक भावनाका साथ आयोजित रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्ने सम्पूर्ण रक्तदाताप्रति प्रवन्धक सुवेदीले आभार व्यक्त गरेका छन् ।

कमेन्ट्स
Loading...