सुचना, समाचार र मनोरन्जन
Election Commission V2

स्वास्थ्य सचिव पदको रिक्त दुई पदमा बढुवा प्रक्रिया अघि बढ्यो

काठमाडौँ/

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य सेवाको अधिकृत बाह्रौ तह ९अतिरिक्त स्वास्थ्य सचिव० पदको रिक्त दुई पदमा बढुवा प्रक्रिया अघि बढाएको छ । समितिले बिहीबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक कर्मचारीले १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको छ । डा। श्यामसुन्दर यादव र डा। गुणराज लोहनीको अवकाशपछि दुईवटा दरबन्दी रिक्त छ ।

बाह्रौं तहमा बढुवा हुनका लागि २०७९ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६ ९१० बमोजिम एघारौं तहमा कम्तीमा ३ वर्ष सेवा गरेका कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् । सूचनामा उनीहरुलाई मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्बन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी सम्बन्धित निकायबाट प्रमाणित गराई पेश गर्न भनिएको छ ।

बाह्रौं तहमा बढुवाका लागि १० जना भन्दा बढी कर्मचारी योग्य छन् । तर, दुर्गममा काम गरेको र सेवा अवधिका हिसाबले सबैभन्दा बढी नम्बर ल्याउने चार जनाको नाम स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउने भएको छ । तीमध्येबाट दुईजना १२ औं तहमा बढुवा हुनेछन् ।कार्य सम्पादन मूल्यांकनको आधारमा बाह्रौं तहमा डा. टंकप्रसाद बाराकोटी र डा। विकास देवकोटा बढुवा हुने निश्चितजस्तै देखिएको छ ।

कार्य सम्पादन मूल्यांकनमा अरुभन्दा यी दुईको नम्बर बढी देखिएको छ । डा। बाराकोटी यस अगाडि नै पहिलो नम्बरमा सिफारिस भएका थिए । तर, उनलाई रोकेर डा। संगीता कौशल मिश्राको बढुवा भएको थियो ।

कमेन्ट्स
Loading...