सुचना, समाचार र मनोरन्जन

कर दिवस साताव्यापी रुपमा मनाइँदै, गतवर्ष थपिए साढे सातलाख करदाता

काठमाडौँ/

राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाइने भएको छ । आन्तरिक राजस्व विभागले आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर कर दिवस मनाउन लागिएको जानकारी दिएको हो ।

विभागका महानिर्देशक रितेशकुमार शाक्यले राष्ट्रिय कर दिवसका अवसरमा हरेक करदाता कार्यालयले प्रथम करदातालाई सम्मान गर्ने, उद्योगी व्यवसायीलगायत करदाताका छाता सङ्गठनसँग विभिन्न छलफल तथा अन्तरक्रियालगायत विभिन्न कार्यक्रम गर्न लागिएको बताए । यसवर्षको कर दिवसको नारा “स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारस् दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार रहेको छ ।

करदाता आफैले स्वेच्छिक रुपमा कर तिर्न अभिप्रेरित गर्ने र कर भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउने गरी विभागले काम गरिरहेको महानिर्देशक शाक्यले बताए । “कर तिर्ने प्रक्रियालाई प्रविधिमैत्री बनाउने र दर्तादेखि अन्तिमसम्मको काममा करदाता भौतिकरुपमा उपस्थित हुन नपर्ने अवस्था बनाउन काम काम गरिरहेका छौंँ,” उनले भने । कर भुक्तानी प्रणाली सुधारका लागि विभागले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा “ट्याक्स एड्मिनिस्ट्रेसन डायग्नोस्टिक एसेस्मेन्ट टुल” ९टाडाट० र जर्मन सहयोग नियोगको सहयोगमा विजनेस प्रोसेस इञ्जिनियरिङ ९बिपिआर० गरिरहेको छ ।

“कर प्रणालीको आधुनिकिकरण र सुधारका लागि काम भइरहेको छ । करदाताले पेसा गर्नुपर्ने विवरणको अनुसूची परिवर्तन गरेको छौँ । त्यसले गर्दा करछली कम हुने हाम्रो अनुमान छ”, महानिर्देशक शाक्यले भने । विभागअन्तर्गत ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता कार्यालयसमेत गरी जम्मा ८४ वटा कार्यालय छन् ।

कमेन्ट्स
Loading...