सुचना, समाचार र मनोरन्जन
Election Commission V2

उत्कृष्ट करदाता सम्मान ‘कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि’लाई

बुधबार एक कार्यक्रमबीच कर्माचार्य बेक्सका कार्यकारी निर्देशक बिक्रम कर्माचार्यले सम्मान ग्रहण गरेका छन् ।

पोखरा /

आन्तरिक राजश्व कार्यालय पोखराले कर्माचार्य बेक्स एण्ड फुड्स प्रालिलाई उत्कृष्ट करदाता सम्मान गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा उद्योग क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेकाले कार्यालय कर्माचार्य बेक्सलाई सम्मान गरेको हो । बुधबार एक कार्यक्रमबीच कर्माचार्य बेक्सका कार्यकारी निर्देशक बिक्रम कर्माचार्यले सम्मान ग्रहण गरेका छन् ।

योगदानको कदर गर्दै सरकारबाट सम्मान प्राप्त हुँदा गौरव महसुस भएको बताउदै कर्माचार्यले सबैले राज्यप्रतिको दायित्व बुझेर इमान्दार भएर कर बुझाउनु पर्ने र राज्यले पनि निजी क्षेत्रलाई लगानी र व्यवसायका लागि प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

कमेन्ट्स
Loading...